बागमतीको प्रदेश अस्पतालमा पत्रकारलाई उपचारमा ५० प्रतिशत सहुलियत ब्यवस्था
इसीमाना सम्वाददाता
२०८३ असार ३२ गते ०८: १७ मा प्रकाशित
342 पटक पढिएको
हेटौडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ ।
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए ।
बागमतीको प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्सरे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको सो निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया