logo

बैरियाबिर्तामा निशुल्क स्वास्थ्य शिविर, ५६ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया हुने

 इसीमाना सम्बाददाता     २०८३ जेठ २ गते ०६: ५२ मा प्रकाशित     578   पटक पढिएको

पोखरिया । लायन्स क्लब अफ बीरगंज परिवार, लायन्स क्लब अफ पोखरिया तथा लायन्स क्लब अफ बीरगंज प्रभुको संयुक्त आयोजनामा शनिवार पर्साको पोखरिया नगरपालिका अन्तर्गत बैरिया गाउँमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया छनोट तथा सुगर र ब्लड प्रेसर चेकअप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रममा ५६ जना बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरुको यही जेठ ९ गते बीरगंज सामुदायिक आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिनेछ।

 

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दिन समानीले गरेका थिए ।  डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बिहारी पाण्डे विशेष उपस्थिति रहेको थियो।

 

त्यसैगरी,  पर्सा क्षेत्र नं. ३ का सांसद  रामाकान्त प्रसाद चौरसिया , जोन चेयरपर्सन डा.लक्ष्मी थापा ,लायन्स क्लब अफ बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे , लायन्स क्लब अफ बीरगंज प्रभु की उपाध्यक्ष लायन सरिता सिंह , तथा लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष लायन आशा चौहान को  कार्यक्रममाउपस्थिति रहेको थियो।

 

कार्यक्रममा बीरगंज सामुदायिक आँखा अस्पताल तथा प्रभु अस्पतालका चिकित्सकहरूको सहभागिता रहेको थियो भने समाजका विभिन्न व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 कार्यक्रममार्फत मोतियाबिन्दुको प्रारम्भिक परीक्षण, शल्यक्रियाका लागि बिरामी छनोट तथा निःशुल्क सुगर र ब्लड प्रेसर परीक्षण गरिएको आयोजकले जनाएको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनाका साथ सञ्चालन गरिएको कार्यक्रमले स्थानीय नागरिकहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.