logo

मंचकाे रचनात्मक काम तीन महिला सहित ६०जनाद्वारा रक्तदान

 इसीमाना सम्बाददाता     २०८३ जेठ २३ गते ०३: २३ मा प्रकाशित     791   पटक पढिएको

बीरगंज   । मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले बीरगन्जको घण्टाघर चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

 क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।

 

कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी, पत्रकार तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 

 सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै समाजमा नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

 

क्रीयाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, दीपक पटेल, मंचका निर्वतमान अध्यक्ष प्रणय कुमनर साह साैरभराज  पाण्डे, बृजेश चौधरीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

 रक्तदान गर्नेहरूमा ज्ञान्ती पटेल, पूजा साह, माधुरी महतो, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, दीपक पटेल, भूपेन्द्र पटेल, वृजकिशोर चौधरी, आनन्द पटेल, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष द्विवेदी, जितेन्द्र साह, सुनिल साह, सुर्यप्रताप पटेललगायत रहेका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानहरू आवश्यक रहेको बताए।

 

 उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।

 

 

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गर्दै रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। 

 

उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.