logo

बारा रौतहटका ४ फार्मेसीमा सिलबन्दी, तीन औषधी पसल बन्द, सप्तरीमा ८० औषधी पसलको प्रमाणपत्र रद्ध

 इसीमाना सम्वाददाता     २०८३ असार ३ गते ०७: ५५ मा प्रकाशित     259   पटक पढिएको

वीरगंज । औषधि व्यवस्था विभागको टोलीले बारा र रौतहटका औषधी पसलमा अनुगमन गरि  ४ वटा फार्मेसी सिलबन्दी गरिएको छ  ।  

 

 थप तीन वटा औषधि पसललाई अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।

औषधि व्यवस्था विभागका निरीक्षक रवि चौधरी थारुका अनुसार विभागमा प्राप्त उजुरीका आधारमा बारा र रौतहट जिल्लाका विभिन्न स्थानमा सञ्चालित १६ वटा औषधि पसल तथा फार्मेसीमा अनुगमन गरिएको थियो ।

 

 

अनुगमनका क्रममा बारा जिल्लाको पचरौता नगरपालिका–८ स्थित विना इजाजत सञ्चालनमा रहेको तराई सेन्ट्रल हस्पिटल (फार्मेसी युनिट), पचरौता नगरपालिकास्थित नै नेत्र प्रसाद चौरसिया द्वारा संचालित औषधी पसल, रौतहटको वृन्दावन नगरपालिका–६ स्थित पाठक मेडिकल हल तथा फतुवा विजयपुर नगरपालिका–८ स्थित समर मेडिकल हललाई स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा सिलबन्दी गरिएको निरीक्षक थारुले जानकारी दिए ।

 

त्यसैगरी रौतहटको मौलापुर नगरपालिकास्थित पटेल मेडिकल हल, सुमिन्त्रा फार्मेसी र शान्ति सेन्ट्रल हस्पिटल (फार्मेसी युनिट) मा फर्मासिस्टबिना औषधि बिक्री–वितरण भइरहेको भेटिएपछि ती फार्मेसीलाई अर्को निर्देशन नभएसम्मका लागि बन्द गरिएको छ ।

 

अनुगमनका क्रममा बारा जिल्लामा सञ्चालित सामुदायिक जननायक हस्पिटल प्रालि (फार्मेसी युनिट) मा लागू तथा मनोद्दीपक औषधिको अभिलेख नराखिएको तथा हरिओम मेडिकल हलको औषधि पसल दर्ता प्रमाणपत्रको म्याद समाप्त भएको पाइएको थियो ।

 

 ती संस्थालाई आवश्यक कागजातसहित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यस्तै सप्तरीका ८० भन्दा बढी औषधि पसलको प्रमाण पत्र रद्द भएको छ ।


औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका ती औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो ।


विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै देशभरिका पाँच हजार ३ सय २ औषधि पसलको प्रमाणपत्र रद्द गर्दा सप्तरीका ८० भन्दा औषधि पसल परेका हुन् ।


तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वतः रद्द हुने प्रावधान छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.