पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा cपराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।
तस्विर: मनिष पौडेल/वीरगंज
तपाईको प्रतिक्रिया