सीमरा ९ चैत ।
नेकपा एमाले बाराले असिना पीडित किसानलाई राहात दिन सरकारसंग माग गरेको छ । पार्टीका प्रचार बिभाग प्रमुख मनोज पौडेलले आज एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गर्नु भएको हो । यही चैत्र ७ गते आएको असिनाले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको बालीमा क्षति पुर्याएको छ । त्यसैगरी गत फागुन २७ गते असिना र हावाहुरीले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको खेतीमा क्षति बिज्ञिप्तमा उल्लेख छ । किसानले लगाएको खेतीमा असिना र हावा हुरीबाट भएको क्षती प्रति नेकपा एमाले जिल्ला कमिटी बारा दुःख ब्यक्त गर्दछ । साथै यस्तो अवस्थामा सरकारले राहत बितरणमा गरेको ढीलाई प्रति नेकपा एमाले जिल्ला कमिटी बाराको गम्भिर ध्यान आकृष्ट भएको छ । सरकारलाई तत्काल क्षतिको बिवरण संकलन गरी पिढित किसानलाइ राहत उपलब्ध गराउन नेकपा एमाले,बारा जोडदार माग गर्दछ ।
साथै मोर्चाका कार्यकर्ता द्धारा चोक चौराहामा बसी एमालेका कार्यकर्तालाई गाली गलौज गर्ने जस्ता अमर्यादीत तथा अराजनैतिक कार्य गर्ने गरेको प्रति हाम्रो ध्यान आकृष्टभएको छ । मोर्चालाई गाली गलौज र उदण्डता बन्द गरी राजनैतिक,बैचारीक प्रतिस्पर्धाबाट आफुलाई स्थापित गर्न नेकपा एमाले बारा आग्रह गर्दछ ।
तपाईको प्रतिक्रिया