वीरगंज ६ बैशाख ।
संघीय लोकतान्त्रिक मान्यतालाई नेपाली कांग्रेस, नेकपा एमाले र मावोवादी केन्द्रले उपहास गर्दै देशमा चुनाव गराउनकोलागि लागी परेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले आरोप लगाएका छन । उनले मधेशको अधिकार पहिचान र निर्वाचनको दलीय चुनाव चिन्ह तिन दलीय सिन्डिकेटले अपहरण गरेको बताए ।
आज काठमान्डौमा ६८ दलद्धारा जारी पाँचौ दिनको रिले अनशनमा बोल्दै नेता राजकुमार यादवले मधेशको मांग पुरा नभए बैशाख ३१ गते हुने भनिएको तथा कथित निर्वाचन कुनै पनि हालतमा हुन् नसक्ने ठुकुवा गरे ।
सम्बोधनकै क्रममा उनले बहुदलीय लोकतन्त्रीक मुल्य र मान्यताका बिरुद्ध तीन दलीय सिन्डिकेटले आफु बाहेक अन्य दललाई पहिचान सहित जनतामा जाने अधिकारबाट बन्चित गरिएको आरोप लगाए ।
६८ दलीको पाचौ दिनको रिले अनसनमा नेपाल संघीय समाज वादी पार्टी, नया शक्ति नेपाल, आम आदमी पार्टी, आधुनिक समाजवादी पार्टी, पुर्व रास्ट्रिय सेवक पार्टी, नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न बक्ताहरुले देशको बर्तमान राजनीति र रिले अनसनको बारेमा प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया