logo

नेपाल संघीय  समाजवादी पार्टीको  कार्यक्रम सम्पन 

      4/4/2017 गते 00 00 मा प्रकाशित     2028   पटक पढिएको

बीरगंज २२ चैत्र
पर्साको नेपाल संघीय समाजवदी पार्टीको जन संर्घष र पार्टी प्रवेश कार्यक्रम डकैला बहुवरीमा आज सम्पन्न भएको छ । कार्यक्रमलाई संबोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले शाहीकालाको स्थानीय निर्वाचन जस्तै अहिले पनि स्थानीय तहको हुन गइरहेको बताए । शाहीकालाको स्थानीय निर्वाचन  प्रमुख राजनितीक दलहरूले निर्वाचन बहिष्कार गरेको बताए । उनले त्यतीवेला निर्वाचनमा जम्मा द्दद्द दल मात्र सहभागिता रहेको छड नगरपालिका मध्ये द्दद्द निर्विरोध र घट मा निर्वाचन भएको प्रष्टयाएका थिए । ०६३को आन्दोलन पछि त्यो निर्वाचनले कुनै मान्यता नपाएको उनले प्रष्ट पारे । उनले अहिलेको अवस्थाको पनि जनता स्वयंले मूलयाकंन गरेर निर्वाचन बहिष्कार गर्नुपर्नेमा जोड दिए । । सभा सम्बोधन कै क्रममा उनले सत्ता मोहमा फसेको ब्यक्ति लोभी हुन्छ र लोभी मानिस सत्ता धारी हुने ठोकुवा गरे । देशमा ठुला ठुला आन्दोलनहरू र हिंसात्मक द्वन्दहरू पनि भए र शासन ब्यबस्थाहरू जनचाहना अनुसार परिर्वतन पनि हुदै आए तर जनतालाई सुरक्षा र सुविधा दिने जिम्मेवारी नभएको भन्दै सरकार मन्त्री र प्रशासकका कार्यशैलीमा कुनै खासै परिर्वतन आउन नसकेको उनले ठोकुवा गरे । नन्दु साह कानु सभापतित्वमा भएको कार्यक्रममा नथुनि प्रसाद कुशवाहा , अकिलेश यादव , फैयाज अहमद , लालबाबु राम , महेन्द्र यादव नजिर मिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीको क्षेत्र न ३ को क्षेत्रीय समिति पनि गठन भएको छ । अजय प्रसाद यादवको अध्यक्षतामा गठीत समितिको उपाध्यक्षमा प्रयाग राउत सचिवमा अखिलेश महतो , सह सचिवमा शिव पुजन राम , कोषाध्यक्ष शिव बालक यादव , सदस्यहरूमा मुकेश साह , जितेन्द्र यादव , बिनोद प्रजापति र रामबाबु कुशवाहा , चोकर महतो , सरयुग राउत कंकड , बाबुलाल यादव लगायत रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.