logo

निर्वाचनबारे द्विविधा नराख्नुहोस्: प्रमुख निर्वाचन आयुक्त

      4/30/2017 गते 00 00 मा प्रकाशित     1210   पटक पढिएको


काठमाडाँै, १७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गर्नुभएको छ ।


निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताउनुभयो ।


निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उहाँले कुनै दल वा उम्मेदवारका पक्षपोषण नगरी तटस्थ भूमिकामा रहन अनुगमनकर्तालाई सुझाव दिनुभयो । प्रमुख आयुक्त डा यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयन मङगलबार हुने निश्चित भइसकेकाले अनुगमनकर्तालाई ढुक्क भएर आ–आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिनुभयो ।


अनुगमन अधिकृतलाई प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउन आग्रह गर्दै उहाँले जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने मनोविज्ञानलाई प्रोत्साहन गर्न हुदँैन भन्नुभयो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राज्यका अन्य संयन्त्रको जस्तो कमजोर रुपमा नभई तटस्थ रहेर वस्तुपरक ढङ्गले अनुगमनको जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।


आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनकर्ताले राजनीतिक दलको प्रचारप्रसार, आमसञ्चार माध्यमले दिएका सामग्री, पर्यवेक्षकको कार्य र निर्वाचनमा संलग्न हुने कर्मचारीको अनुगमन गरी आयोगमा प्रतिवेदन दिने हुँदा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


सहसचिव दीपक सुवेदीले मतदाताले कस्तो अवस्थामा मतदान गरे, उम्मेदवारले उम्मेदवारी दिँदाको वातावरण र निर्वाचनमा समग्र सुरक्षाको नियमित प्रतिवेदन दिन सुझाव दिनुभयो । आयोगले पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा २८ जना सहसचिवलाई निर्वाचन अनुगमनका लागि खटाइएको हो । उहाँलाई वैशाख २० गतेदेखि आगामी जेठ ३ गतेसम्मका लागि स्थानीय तहको निर्वाचनको अनुगमनको जिम्मेवारी तोकिएको छ ।


अनुगमनकर्ताले निर्वाचन प्रचारप्रसार प्रचलित कानुनबमोजिम भए नभएको, पर्यवेक्षकले आचारसंहिताको पालना गरे नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा भए नभएकोबारे अनुगमन गर्नेछ ।


राजनीतिक दल तथा उम्मेदवारले सहजरूपमा प्रचारप्रसार गर्न पाए नपाएको, मतदानको दिन मतदान केन्द्रमा कसैले कुनै किसिमको डर, धाक वा त्रास देखाई वा अन्य किसिमले अनुचित प्रभाव पारी मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने कार्य गरे नगरेको विषयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पनि उहाँहरुको हुनेछ ।


अनुगमन टोलीले आफू खटिएको मुकामबाट नियमित रूपमा गर्नुपर्ने प्रतिवेदन फ्याक्स वा इमेलमार्फत पठाउनुपर्नेछ । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हँुदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.