logo

निर्वाचनबारे द्विविधा नराख्नुहोस्: प्रमुख निर्वाचन आयुक्त

      4/30/2017 गते 00 00 मा प्रकाशित     1592   पटक पढिएको


काठमाडाँै, १७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गर्नुभएको छ ।


निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताउनुभयो ।


निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उहाँले कुनै दल वा उम्मेदवारका पक्षपोषण नगरी तटस्थ भूमिकामा रहन अनुगमनकर्तालाई सुझाव दिनुभयो । प्रमुख आयुक्त डा यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयन मङगलबार हुने निश्चित भइसकेकाले अनुगमनकर्तालाई ढुक्क भएर आ–आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिनुभयो ।


अनुगमन अधिकृतलाई प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउन आग्रह गर्दै उहाँले जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने मनोविज्ञानलाई प्रोत्साहन गर्न हुदँैन भन्नुभयो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राज्यका अन्य संयन्त्रको जस्तो कमजोर रुपमा नभई तटस्थ रहेर वस्तुपरक ढङ्गले अनुगमनको जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।


आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनकर्ताले राजनीतिक दलको प्रचारप्रसार, आमसञ्चार माध्यमले दिएका सामग्री, पर्यवेक्षकको कार्य र निर्वाचनमा संलग्न हुने कर्मचारीको अनुगमन गरी आयोगमा प्रतिवेदन दिने हुँदा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


सहसचिव दीपक सुवेदीले मतदाताले कस्तो अवस्थामा मतदान गरे, उम्मेदवारले उम्मेदवारी दिँदाको वातावरण र निर्वाचनमा समग्र सुरक्षाको नियमित प्रतिवेदन दिन सुझाव दिनुभयो । आयोगले पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा २८ जना सहसचिवलाई निर्वाचन अनुगमनका लागि खटाइएको हो । उहाँलाई वैशाख २० गतेदेखि आगामी जेठ ३ गतेसम्मका लागि स्थानीय तहको निर्वाचनको अनुगमनको जिम्मेवारी तोकिएको छ ।


अनुगमनकर्ताले निर्वाचन प्रचारप्रसार प्रचलित कानुनबमोजिम भए नभएको, पर्यवेक्षकले आचारसंहिताको पालना गरे नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा भए नभएकोबारे अनुगमन गर्नेछ ।


राजनीतिक दल तथा उम्मेदवारले सहजरूपमा प्रचारप्रसार गर्न पाए नपाएको, मतदानको दिन मतदान केन्द्रमा कसैले कुनै किसिमको डर, धाक वा त्रास देखाई वा अन्य किसिमले अनुचित प्रभाव पारी मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने कार्य गरे नगरेको विषयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पनि उहाँहरुको हुनेछ ।


अनुगमन टोलीले आफू खटिएको मुकामबाट नियमित रूपमा गर्नुपर्ने प्रतिवेदन फ्याक्स वा इमेलमार्फत पठाउनुपर्नेछ । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हँुदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा हिमपात, अवस्था सामान्य

मुक्तिनाथ  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात  भएको छ  । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.