logo

वीरगन्जमा मधेशी मोर्चाको विरोध प्रर्दशन

      4/22/2017 गते 00 00 मा प्रकाशित     1561   पटक पढिएको

 वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन कोण सभा सम्पन्न गरेको छ ।सरकारले दोश्रो संशोधनको प्रस्ताव संसदमा दर्ता गरेपछि आन्दोलनमा उत्रिएको मोर्चाले पूर्व योजना अनुरुप सभा गरेको हो । बीरगंजको सभामा तत्कालिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । काठमाण्डौमा सरकारसंग सघन वार्ता चलिरहेकोले महतो बिरोध सभामा सहभागी हुन नसकेको राजपाका नेता मुस्तकीम अन्सारीले बताएका छन । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन । 
   मोर्चाका नेताहरु जितेन्द्र सोनल ,पुरुषोत्तमलाल झा प्रेमबाब् पटेल मुस्तिक अन्सारी करिमा बेगम रेखा साह लगायतका नेताहरुको नेतृत्वमा वीरगन्जको  घाण्टारबाट निस्केको जुलुस माईस्थान, आदर्शनगर, घडिअर्वा चोक हुदै पुनः घण्टा घर चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।  

       राष्ट्रिय जनता पार्टीका  नेता प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न भएको कोणसभामा नेताहरुले मधेश समस्याको हल बिना हुने निर्वाचनको औचित्य नरहेको बताएका थिए । 
   कोणसभामा संघीय समाजवादी फोरम नेपालीकी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि करिमा बेगम, फोरम नेपालका मधेस प्रदेशका सचिव सलाउदिन अहमद,  विद्यार्थी नेता यसवन्त यादव , राजपाका रंजन मिश्र ,कृष्ण पटेल नुर आलम लगायतका मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.