बीरगन्ज, चैत ३० गते । नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ । एमाले पर्सा संयोजक प्रभु हजराको नेतृत्वमा गठन भएको सचिवालय कमिटीमा सहसंयोजक विशम्भर शर्मा , गंगा खड्का , उस्मान अंसारी , पुरेन्द्र किशोर लाभ , रहनु भएको छ ।
बैठकले एमालेको बीरगन्ज उपमहानगरपालिका संगठन कमिटीको संयोजकमा वरिष्ठ जिल्ला सदस्य उस्मान अंसारीलाई मनोयन गरेको छ । त्यसैगरि पर्साको ११ वटा गाउपालिका ,पोखरिया नगरपालिका तथा बीरगन्ज उपमहानगरपालिका संगठन कमिटीका संयोजक , सह संयोजकको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम बैशाख ५ गते एमालेको पार्टी कार्यालयमा गर्ने निर्णय भएको हो ।
एमाले पर्सा संयोजक प्रभु हजराको अध्यक्षतामा बसेको बैठकमा एमाले पर्सा इन्चार्ज रामचन्द्र साह , सह इन्चार्ज प्रहलाद गिरी , बालगोपाल थापा , किशोरी कुशवाहा , प्रेमा पौडेल , अरबिन्द सिंह, बिचारी यादव लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया