logo

मनोमानी शुल्क रोक्नुपर्दछ ः सभापति झा

      4/30/2017 गते 00 00 मा प्रकाशित     1493   पटक पढिएको

काठमाडौँ, १७ वैशाख । व्यवस्थापिका-संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले निजी विद्यालयले मनोमानी रुपमा बढाएको शुल्कबारे चासो व्यक्त गर्नुभएको छ ।


शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिइ०आज यहाँ शिक्षामा सुशासन र उत्तरदायित्व तथा नागरिक सहभागिता बढाउन आयोजित ‘राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने’ कार्यक्रममा उहाँले शिक्षा मन्त्रालय जिम्मेवार नभएका कारण हरेक वर्षको निजीले शुल्क बढाएर विवाद उठने गरेको बताउनुभयो ।


उहाँले निजीले मनोमानी रुपमा बढाएको शुल्क रोक्नुपर्ने बताउनुभयो । ‘‘सरकारले शुल्कका बारेमा निश्चित मापदण्ड तोकेको छ । तर निजीले पालना गरेको देखिदैँन’’ उहाँले भन्नुभयो–‘‘मन्त्रालयले आँट गरेर शुल्क निर्देशिका मापदण्ड कडाइका साथ पालना गर्नुप¥यो ।’’


उहाँले निजी विद्यालयलाई व्यवस्थापन गर्न कोही पनि नभएको भन्दै मन्त्रालयमा रहेको जिम्मेवार अधिकारीले जोखिम मोलेर निजी विद्यालयमा देखिएका विकृति हटाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिकै कारणले शिक्षाको गुणस्तर आउन नसकेको भन्दै उहाँले राजनीति गर्नु छ भनेर शिक्षकलाई शिक्षण पेसा त्यागेर राजनीतिकमा आउन आग्रह गर्नुभयो ।


नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले शिक्षाको गुणस्तर ल्याउनका लागि शिक्षालाई राजनीतिकबाट टाढा राख्नुपर्ने बताउनुभयो । नेकपा ९माओवादी केन्द्र०का सचिवालय सदस्य अमृता थापाले शिक्षाको सृढुढीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै शिक्षामा राजनीति गर्नाले गुणस्तरमा ह्रास आएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता राजाराम श्रेष्ठले शिक्षकले राजनीति गरेको कारणले शिक्षाको गुणस्तर ल्याउन नसकेको भन्दै शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभयो ।


सङ्घीय समाजवादी फोरमका काठमाडाँै सचिव मीरा महर्जन ताम्राकारले शिक्षा क्षेत्र राजनीतिक मुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा एनसिइका अध्यक्षकुमार भट्टराईले राजनीतिक दलका प्रतिनिधिलाई शिक्षामा सुशासन र उत्तरदायित्व बढाउनका लागि १२ बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।


ज्ञापनपत्रमा निशुल्क शिक्षाको अधिकार सुनिश्चिताको निमित्त केन्द्र, प्रदेश र स्थानिय तहमा कुल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको कम्तिमा ६ प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने, शिक्षामा बढ्दो विभेदलाई अन्त्य गर्न शिक्षामा बढदै गएको निजीकरणलाई न्यूनीकरण गर्नुपर्ने माग राखिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.