logo

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

      4/28/2017 गते 00 00 मा प्रकाशित     1498   पटक पढिएको

काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने भएकाले दुवै चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकपछि नेकपा (एमाले) का प्रमुख सचेत भानुुभक्त ढकालले बैठकमा धेरै दलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने सुझाव दिएको र यदि दुई चरणमा निर्वाचन भएमा बजेट ल्याउने र मतगणना दुवै पछि गर्दा उपयुक्त हुने विचार आएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको थियो

प्रधानमन्त्री दाहालले पहिलोपटक संसद्मा सम्मिलित सबै दलको छलफल भएको र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विधेयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने बैठकमा बताउनुभएको उहाँका प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने र दुई चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा निर्वाचन आयोगलाई आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नि खरेल र प्रमुख सचेत ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणा, गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता सहभागी हुनुहुन्थ्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.