सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि
4/28/2017 गते 00 00 मा प्रकाशित
1421 पटक पढिएको
काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने भएकाले दुवै चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बैठकपछि नेकपा (एमाले) का प्रमुख सचेत भानुुभक्त ढकालले बैठकमा धेरै दलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने सुझाव दिएको र यदि दुई चरणमा निर्वाचन भएमा बजेट ल्याउने र मतगणना दुवै पछि गर्दा उपयुक्त हुने विचार आएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको थियो
प्रधानमन्त्री दाहालले पहिलोपटक संसद्मा सम्मिलित सबै दलको छलफल भएको र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विधेयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने बैठकमा बताउनुभएको उहाँका प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।
वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने र दुई चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा निर्वाचन आयोगलाई आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नि खरेल र प्रमुख सचेत ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणा, गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता सहभागी हुनुहुन्थ्यो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया