logo

संसद बैठक स¥यो, उम्मेदवारी दर्तालाई सहज बनाउन खोजिएको प्रधानमन्त्रीको भनाइ

      4/30/2017 गते 00 00 मा प्रकाशित     1675   पटक पढिएको

काठमाडौँ, १७ वैशाख । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।


यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।


बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।”


वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उहाँले भन्नुभयो – “अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन ।” निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उहाँले स्मरण गराउनुभयो ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भन्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताउनुभयो र दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गर्नुभयो ।


नेकपा ९एमाले० का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उहाँको तर्क थियो ।


संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउनुभयो ।


सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्को बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.