logo

उम्मेदवारको घरदैलो अभियान तीव्र

      5/6/2017 गते 00 00 मा प्रकाशित     1325   पटक पढिएको

भक्तपुर, २३ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका छन् । काँग्रेस र एमालेले घरदैलो अभियान सञ्चालन गरेर भोट माग्न थालेका छन् ।


मध्यपुर थिमिमा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ भने एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरी संयुक्त प्यालन बनाएर उम्मेदवारी दिएका छन् । यसअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमालेभन्दा करिब ५०० मत बढी पाएर काँग्रेस विजयी भएको थियो ।


नगरप्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ र नगर उपप्रमुखका उम्मेदवार नेमकिपाका केदार खड्कासहितको टोलीले मध्यपुर थिमिमा घरदैलो अभियान तीव्र पारेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट घरदैलो अभियान सुरु गरिएको नगरप्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।


जनताको समस्यालाई आत्मासात् गर्दै मध्यपुरको मुहार फेर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार रहेका अष्टकुमार कवँेले कार्यकर्ता र समर्थकको टोलीसहित लोकन्थलीमा घरदैलो सकेर कौशल्टार र गठ्ठाघरमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । विगतमा काँग्रेसले मध्यपुर थिमिमा विकासको लहर ल्याएको दाबी गर्दै कवेँले विकासका कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत घरदैलो अभियान सुरु गरेका छन् । आफ्नो पार्टीले जनताको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ घरदैलो अभियान सुरु गरेको माओवादी केन्द्रका नेता कृष्णलाल गोजाश्रेष्ठले बताउनुभयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियान सुरु गरेर जनतासँग भोट माग्न थालेको राप्रपाका उपप्रमुखका उम्मेदवार नरगोविन्द शङ्खदेवले बताउनुभयो । राप्रपाले चाँगुनारायण नगरपालिकामा समेत घरदैलो अभियान सुरु गरेको सो नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रबिन्द्र प्रताप शाहले बताउनुभयो ।


चाँगुनारायण नगरपालिकालाई आधुनिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने, नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, आगामी १० वर्षभित्र स्मार्ट सिटी बनाउने, पूर्वाधारयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको शाहको भनाइ छ ।


काँग्रेस चाँगुनारायण नगरपालिकामा घरदैलो अभियानलाई तीव्र पारेको नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले बताउनुभयो । यस्तै सूर्यविनायक नगरपालिकामा एमालेले घरदैलो अभियानलाई तीव्र पारेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक विकास, प्रविधि, आर्थिक वृद्धिदरको दृष्टिकोणले समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ घरदैलो अभियान थालेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.