logo

उम्मेदवारका घरमा बम, सुरक्षा चुनौती थपिँदै

      5/11/2017 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

नवलपरासी, २९ वैशाख । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।


स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो ।


नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।


उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीय क्षति भने भएको छैन । नेपाली सेनाको टोलीले फेला परेका बमलाई डिस्पोज गर्दै आएको छ ।


यसैगरी, नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बिहीबार राति बम फेला परेको थियो । सो बमलाई गएराति नै नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो ।


यस्तै, कावासोती–३ स्थित पुरानो कावासोती चोकनजिक सार्वजनिकस्थलमा बिहीबार साँझ बम पड्किएको थियो । सार्वजनिकस्थलमा नेपाली काँग्रेसले गरेको सभालाई लक्षित गरी राखिएको बम पड्किए पनि यसबाट मानवीय क्षति भने भएन ।


यसैगरी बिहीबार नै गँैडाकोट नगरपालिकामा पनि नेकपा ९माओवादी केन्द्र०का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएका दुर्गादत्त ढुङ्गानाको घरनजिकै बिहीबार नै बम फेला परेको थियो । सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा पनि फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।


यसरी दुई दिनको अवधिमा जिल्लामा निर्वाचन बिथोल्ने लक्ष्यअनुरुप उम्मेदवारका घरदेखि सार्वजनिकस्थलसम्म बम फेला पर्नेक्रम बढे तापनि सो कार्यमा संलग्न एकजनालाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन जसका कारण शान्ति सुरक्षासमेतमा प्रश्न चिह्न उठ्न थालेको अवस्था छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.