logo

सङ्घीय लिम्बुवान निर्वाचनमा जाने

      5/6/2017 गते 00 00 मा प्रकाशित     1391   पटक पढिएको

दमक, २३ वैशाख । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । पार्टीले लिम्बुवान प्राप्तिका लागि निर्वाचनलाई आन्दोलनका रुपमा उपयोग गर्ने जनाएको छ । आज झापाको दमकमा पार्टीले पत्रकार सम्मेलन गरी निर्वाचनमा एकल वा मुद्दा मिल्ने अन्य दलसँग तालमेल गरी चुनाव लड्ने बताएको हो ।


पार्टी केन्द्रीय कार्यसमितिको दमकमा आज सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमले निर्वाचनलाई लिम्बुवान राज्य प्राप्तिका लागि रणनीतिका साथ उपयोग गरिने बताउनुभयो । उहाँले निर्वाचनबाट नै लिम्बुवानको आन्दोलनलाई सशक्त बनाउन तथा पहिचानवादीहरुसँग मिलेर आफ्नो मुद्दा स्थापित गर्ने दाबी गर्नुभयो ।


यसैबीच बैठकले पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा र महासचिव सूर्यबहादुर माखिमलाई पार्टी हित विपरीत गतिविधि गरेको १३ बुँदे आरोप लगाउँदै पार्टीबाट निलम्बन गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


सहअध्यक्ष माखिमले द्वय नेतृत्वलाई मतियार भएको आरोप लगाउँदै पार्टीको विधान बमोजिम आगामी छ महिनासम्म कारबाही गरिएको बताउनुभयो । बैठकले निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्न पार्टी सहअध्यक्ष माखिमको संयोजकत्वमा दीपक मेन्याङ्वो र सरस्वता सिंगक रहेको एक वार्ता टोलीसमेत गठन गरिएको जनाएको छ ।


त्यस्तै विभिन्न २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै जिल्ला तहमा सङ्गठन विस्तार गर्न पूर्वका नौ जिल्लामा संयोजकसमेत तोकिएको पार्टीका प्रवक्ता केदार धिमालले बताउनुभयो ।


विसं २०७३ असोज ४ देखि ८ गतेसम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा चयन गरेको थियो । पालुङ्वासहित महासचिव माखिमले महाधिवेशनपछि पार्टीको जिम्मेवारी पालना नगरेको आरोप लगाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.