logo

काँग्रेस र माओवादी केन्द्रको संयुक्त सभालाई प्रचण्ड र देउवाद्वारा सम्बोधन

      5/11/2017 गते 00 00 मा प्रकाशित     1467   पटक पढिएको

चितवन, २८ वैशाख । प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतिर लैजान सफल भएको बताउनुभएको छ ।


नेपाली काँंग्रेस र माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले गत वर्ष सरकारको नेतृत्व लिँदा एकातिर पहाड, एकातिर हिमाल र अर्कातर्फ तराई भएकामा यो गठबन्धनले सबैलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ लैजान सकेको बताउनुभयो ।


सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धनले मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।” मधेसलाई एकातिर र पहाडलाई अर्कातिर पारेर देशलाई विभाजनतर्फ लैजाने प्रवृत्ति विजयी गराउने या मधेस, पहाड, हिमाललाई जोडेर संविधान कार्यान्वयनतिर दृढतापूर्वक लाग्ने विचार र शक्तिलाई जिताउने भन्ने फैसला गर्ने काम जनताको काँधमा आएको उहाँले बताउनुभयो ।


गत सालसम्म १६ घन्टासम्म विद्युत्भार कटौती खेपेकामा यही गठबन्धनले विद्युत्भार कटौतीको अन्त्य गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “उज्यालोलाई जिताउने कि अँध्यारोलाई जिताउने नेपाली भन्ने पनि जनताको हातमा फैसला छ ।” सम्बोधनमै काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको उपमा दिएर सम्बोधन गर्नुभएका प्रधानमन्त्री दाहालले काँग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रले प्रचण्डजस्तो नेता नपाएको भए मुलुक यो अवस्थासम्म आइनपुग्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा गरिएको गठबन्धन संयोगको कुरा नभएर इतिहासको एउटा आवश्यकता भएको बताउँदै उहाँले भरतपुरलाई नेपालकै नमुना नगरपालिका बनाउने मात्रै होइन, दक्षिण एसियाकै नमुना समृद्ध महानगर बनाउन गठबन्धन गरिएको हो भन्नुभयो ।


चौबिस वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ओह्रालो लागेर गत वर्ष एक प्रतिशतभन्दा तल झरेकामा २५ वर्षपछि अहिले सात प्रतिशत वृद्धिदर भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो विकास र समृद्धिलाई जिताउने वा विभाजनलाई जिताउने आजको सवाल छ ।” आफू प्रधानमन्त्री हुँदै गर्दा विभिन्न आरोप लागे पनि यही गठबन्धनले राष्ट्रलाई एकताबद्ध बनाएर निर्वाचन गर्ने र आर्थिक विकासको गति दिने काम गरेको उहाँले बताउनुभयो । मनोनयन गर्ने दिन बिहान पनि आफूलाई सिंहदरबारमा फोन गरेर निर्वाचन हुन्छ र भनेर सोध्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, “मैले जे भन्दै आएँ, त्यो पूरा भएर छाड्यो । वैशाख ३१ गते निर्वाचन हुन्छ ।” यो २० वर्षपछिको निर्वाचन नभएर पहिलो निर्वाचन भएको उहाँको भनाइ थियो ।


भरतपुर महानगरमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्दै उहाँले महानगरको प्रमुख पदका उम्मेदवार रेणु दाहाललाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर उनले पार्टीमा पु¥याएको योगदानको मूल्याङ्कनसमेत गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबुँदे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएको हो भन्दै नेपालमा स्थायी शान्ति र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न दुई दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।


गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको प्रयासबाट देशमा शान्ति सम्झौता भएको बताउँदै उहाँले भन्नुभयो – “ अब हिजोका कुरा गर्ने होइन, भोलिको सुनौलो भविष्य हेर्ने हो ।” प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीका बीचमा गठबन्धन हुने छ भन्दै उहाँले संविधान कार्यान्वयनका लागि दुई पार्टी मिल्नाको विकल्प नभएको बताउनुभयो । मधेस र पहाडलाई विभाजन गर्नेहरुसँग सजग रहनुपर्ने बताउँदै उहाँले मधेस, पहाड र हिमाल नमिलेसम्म देश समृद्ध हुँदैन भन्नुभयो ।


मिलेर बसेको समाजलाई झगडा गराउने षड्यन्त्र रच्नेहरुलाई जनताले चिन्नुपर्ने र सबै मेलमिलाप गरेर बस्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो, काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक छ ।”


भरतपुरमा मात्रै गठबन्धन नभएको बताउँदै उहाँले भरतपुरमा एकले अर्कालाई असहयोग गरे पोखरामा असर पर्ने भएकाले पनि नेतृत्व तहबाट भएको गठबन्धनलाई अक्षरशः पालना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भड्काउमा नपरेर संयुक्त प्यानललाई मत दिन आग्रह गर्दै उहाँले महानगरहरुमा प्रमुख र उपप्रमुख दुवै महिला बनाएर देखाउन आग्रह गर्नुभयो । महिला राष्ट्रको महत्वपूर्ण शक्ति भएकाले यसले यो महानगरलाई नमुना बनाउन साथ दिने पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अमिक शेरचनले यो गठबन्धन राजतन्त्र र गणतन्त्रबीचको लडाइँ हो भन्दै प्रतिगमनतर्फ जानेलाई पराजित गर्नका लािग गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । पार्टीभन्दामाथि उठेर असल व्यक्ति र विचारलाई मत दिन पनि उहाँले आग्रह गर्नुभयो ।


रक्षामन्त्री तथा काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र माओवादी केन्द्रबीचमा कम्तीमा १० वर्षसम्म सहयात्रा हुन सकेमा मुलुक समृद्ध हुने बताउँदै गठबन्धनलाई साथ दिन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार रेणु दाहाल र काँग्रेसबाट उपप्रमुख पदका उम्मेदवार पार्वती शाहले आफूहरु साझा उम्मेदवार भएकाले गठबन्धनमा मतदान गर्न अनुरोध गर्नुभयो ।


सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला र माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रको निर्देशनअनुरुप बनेको गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सभाअघि महानगरका विभिन्न ठाउँबाट पदयात्रासहित दुई पार्टीका नेता कार्यकर्ता सभास्थल भरतपुर बसपार्कमा जम्मा भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.