logo

प्रधानमन्त्रीद्वारा शाक्यलाई श्रद्धाञ्जलि

      5/6/2017 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका पुराना नेता मार्शल जुलुम शाक्यको पार्थीव शरीरमा आज श्रद्धाञ्जलि दिनुभएको छ । ललितपुरको सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री दाहालले शाक्यको शवमा श्रद्धाञ्जलि दिनुभएको हो ।


सो अवसरमा प्रधानमन्त्री दाहालले लोकतान्त्रिक आन्दोलनका योद्धा शाक्यको निधनले मुलुकको राजनीतिमा ठूलो क्षति पुगेको बताउनुभयो ।


उहाँले तत्कालीन राजाले विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकारलाई पदच्यूत गरेपछि शाक्यले राजतन्त्रको विरुद्व पहिलोपटक आन्दोलन सुरु गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्री दाहालले निष्ठाको राजनीतिमा शाक्यले देखाएको त्याग सबै राजनीतिज्ञका लागि अनुकरणीय हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.