logo

जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन

      5/10/2017 गते 00 00 मा प्रकाशित     1512   पटक पढिएको

हेटौँडा, २८ वैशाख । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रमा प्रजातन्त्रको सुदृढीकरण गर्न र जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।


उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बुधबार हेटौँडा उपमहानगरपालिका–१६ हटिया र मनहरि गाउँपालिकाको मनहरिमा छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र जनतलाई आर्थिक समुन्नतितर्फ डो¥याउने नेतृत्व गर्दै आएकाले राष्ट्रलाई सबल तुल्याउन मतदाताले नेपाली काँग्रेसलाई नै मतदान गर्न आग्रह गर्नुभयो ।


मन्त्री बानियाँले प्रमुख दल र प्रतिपक्षले आपसमा सहकार्य गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराई मधेसी जनताको उत्थानका लागि उत्प्रेरणा दिनुपर्ने बताउनुभयो ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा ९माओवादी केन्द्र०का उपप्रमुखका उम्मेदवार बलराम वल र मनहरि गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार शङ्कर न्यौपानेले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन राजनीतिक दलले निर्वाचन आयोगको आचारसंहितालाई आत्मसात गरी जनताको बढी भन्दा बढी सहभागिता जुटाउन आग्रह गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.