logo

जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन

      5/10/2017 गते 00 00 मा प्रकाशित     1193   पटक पढिएको

हेटौँडा, २८ वैशाख । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रमा प्रजातन्त्रको सुदृढीकरण गर्न र जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।


उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बुधबार हेटौँडा उपमहानगरपालिका–१६ हटिया र मनहरि गाउँपालिकाको मनहरिमा छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र जनतलाई आर्थिक समुन्नतितर्फ डो¥याउने नेतृत्व गर्दै आएकाले राष्ट्रलाई सबल तुल्याउन मतदाताले नेपाली काँग्रेसलाई नै मतदान गर्न आग्रह गर्नुभयो ।


मन्त्री बानियाँले प्रमुख दल र प्रतिपक्षले आपसमा सहकार्य गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराई मधेसी जनताको उत्थानका लागि उत्प्रेरणा दिनुपर्ने बताउनुभयो ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा ९माओवादी केन्द्र०का उपप्रमुखका उम्मेदवार बलराम वल र मनहरि गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार शङ्कर न्यौपानेले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन राजनीतिक दलले निर्वाचन आयोगको आचारसंहितालाई आत्मसात गरी जनताको बढी भन्दा बढी सहभागिता जुटाउन आग्रह गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.