logo

उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान

      5/10/2017 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

रत्ननगर ९चितवन०, २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ ।


जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा ९माओवादी केन्द्र०बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।


जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले आज उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी आज नै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।


अन्य क्षेत्रमा निर्वाचनका लागि खटिने सबै कर्मचारी तथा स्वयम्सेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३७६ मतदान केन्द्रमा तीन हजार ३५० जना कर्मचारी र स्वयम्सेवक खटिएका छन् ।


चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाइएको जानकारी दिनुभयो । चितवनमा सात स्थानीय निकाय रहेका छन् जसमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । जिल्लामा कुल तीनलाख १३ हजार दुई मतदाता रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.