logo

गौर नगरपालिका एमाले अभियान तिब्र, जनताको पैसा विकासमा खर्च हुन्छ ः उम्मेदवार साह

      8/4/2017 गते 00 00 मा प्रकाशित     1622   पटक पढिएको

गौर २० साउन ।
आगामी आसोज २ गते हुन भनिएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको अन्य दलले तयारी नगरेपनि रौतहटमा नेकपा एमाले ले चुनावको तयारी शुरू गरिसकेको छ । तेस्रो चरणको चुनावमा गौर नगरपालिकाका मेयर पदका प्रत्यासी शम्भू साह आफ्नो कार्यकर्ता लगायत नगरका विभिन्न वार्डमा जनता संग भेटघाट गर्ने कार्यको निरंतरता दिएका छन । मधेशवादी दल तथा सत्ताधारी दलका नेताहरु प्रचार प्रसारमा नलागे पनि एमाले र संघीय समाजवादी फोरम नेपालका उम्मीदवार आफ्नो प्रचार प्रसार गर्न आरम्भ गरिसकेका छन ।
यसवीचमा गौर नगरपालिका वार्ड नम्बर १२ मुड़वलबामा एमाले गाउ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा राजदेवी एफ एम ९३.२ मेगा हर्ज़का अध्यक्ष समेत रहेका साहले आफ्नो कर्तव्यवाट तनिक विचलित नभई जिम्मेवारी पालन गर्दै जनताको सेवा गर्ने बताएका छन । विहानको न्यानो  घाममा बसेका सैकड़ो कार्यकर्ताहरुलाई सम्वोधन गर्दै साहले एक चोटी सेवा गर्ने मौका दिएमा आफ्नो कार्य इमान्दारिताको साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा समाजसेवीको रुपमा  परिचित रहेका साहले भने राजनीतिको आडमा लूट खसोट गर्ने नेताहरुको आफनो जीत पछि केहि नचल्ने बताए, उनले भने जनताको पैसा जनताको कार्यमा खर्च गर्छौ । नेता र जनताको विच कस्तो सम्बन्ध हुनुपर्ने हो त्यों अहिलेका नेताहरुलाई जानकारी नभएको भन्दै साहले जनता र नेताको विच हुनुपर्ने व्यवहार सम्वन्धको अनुभव गराउने ठोकूवा गरेका छन । चुनावको बेलामा जून किसिमको सम्बन्ध जनतासँग नेताहरुको हुन्छ त्यही सम्वन्ध जीते हारे पछि पनि हुनुपर्ने उनको भनाई छ ।
पनीलाल प्रसाद यादवको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा मुड़वालवा गाउका निवर्तमान अध्यक्ष भिखारी प्रसाद यादवले एमालेले गाउ गाउमा विकास गर्ने लहर ल्याएको बताएका छन । उनले एमालेका नेताले जनताको भावना अनुसार काम गर्ने गरेकोले यस पालिको चुनावमा पार्टीको उम्मीदवारलाई निर्वाचित गराउन आग्रह गरे । क्षेत्रीय अध्यक्ष समेत रहेका यादवले पार्टी लाइ जिताउन कम्मर कसेर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.