वीरगन्ज, १८ साउन ।
नेकपा माओवादी केन्द्र पर्साले पार्टीको नाममा अनाधिकृत आर्थिक चलखेल भईरहेको प्रचारई भईरहेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला अर्याल र पोलिटब्यूरो सदस्य एवं जिल्ला संयोजक विजय महतोले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै पार्टीको नाममा विभिन्न स्थानबाट चन्दा उठाएको प्रचार भएको र त्यस्तो खालको कुनै आर्थिक लेनदेन गर्नुपरेमा पार्टीको औपचारिक पत्र विना कुनै आर्थिक सहयोग तथा औपचारिक कारवाहीहरु नगर्न समेत अनुरोध गरेको छ । जिल्ला इन्चार्ज अर्याल र संयोजक महतोले पार्टीको नाममा आर्थिक सहयोग माग्न आउनेहरुको बारेमा आपूmलहरुलाई जानकारी दिन समेत आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया