logo

बिकासको सपना देख्ने एमालेसंग पुरा गर्ने सामथ्र्यपनि छ : नेता अन्सारी

      8/12/2017 गते 00 00 मा प्रकाशित     1513   पटक पढिएको

बीरगंज २८ साउन ।
नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघले शनिवार बीरगंजमा भब्य हरितालिका तीज समारोह सम्पन्न गरेको छ ।
    बीरगंजको पुरानो बाबा होटेलको सभाहलमा भएको कार्यक्रममा सैयौ महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो । एमालेको चुनावीगीतमा महिलाहरुले नृत्य गरेका थिए । बीरगंजको १७ वडा बाटै महिलाहरुको सहभागिता रहेको थियो । २ हजार बढी महिलाहरुको सहभागिता रहेको अनेमसंघ पर्साका इन्चार्ज एवं केन्द्रीय सदस्य  निर्मला देवकोटाको दावी थियो । पानी प¥यो जसले गर्दा ब्यवस्थापनमा निकै समस्या प¥यो । कार्यक्रमकालागि तयार पारिएको हल महिला सहभागिताको अनुपातमा सानो भयो । जसले गर्दा होटेलका तीनवटा हलमा कार्यक्रम संचालन भयो । 
    कार्यक्रममा नेकपा एमालेको तर्फबाट बीरगंजका मेयरका उम्मेदवार बसरुदिन अन्सारीले बीरगंज र बीरगंजबासीको समृद्धिको सपना एमालेले पुरा गर्ने दावी गरे । उनले नेपाली महिलाको राजनीतिमा सहभागिताको वर्तमन अवस्था एमालेका कारण आएको चर्चा गर्दै उनले सपना देख्ने एमालेसंग सपना पुरा गर्ने, सामथ्र्य रहेको बताए । उनले एमालले मधेशका निम्ति गरेको काम अरुको तुलनामा निकै माथि रहेको चर्चा गर्दै मधेशी जनताको साथमै बीरगंजमा एमालले सरकार बनाउने उनको दावी थियो । उपमेयरका उम्मेदवार सोफिया आचार्यले बीरगंजलाई धुवा धुलो र हिलोमुक्त बनाउने प्रतिवद्धता जनाईन ।
    अखिल नेपाल महिला संघ बीरगंज महानगर समितिका अध्यक्ष उर्मिला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र साह,पर्सा संयोजक प्रभू हजरा एमाले नेताहरु चीरन्जीवी आचार्य मनोज चौधरी उसमान अन्सारी प्रभा खडका मजदुर नेतृ गीता भण्डारी एमाले नेता नवराज शर्मा लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.