logo

संशोधन विधेयक मतदानमा  लैजाने , चुनावमा सहभागी हुन राजपा तयार

      8/11/2017 गते 00 00 मा प्रकाशित     1491   पटक पढिएको


बीरगंज २७ सउन ।भारतीय बिदेशमंत्री सुषमा स्वराजको बिमस्टेक बैठकमा सहभागिताकोलागि नेपाल भ्रमण र सर्वोच्च अदालतद्वारा स्थानीय तहको संख्याका सम्बन्धमा परेको रिट खारेजीले नेपाली राजनीतिको दिशा मोडिएको छ ।

सम्बिधान मधेश बिरोधी भन्दै आन्दोलनमा उत्रिएका मधेशकेन्द्रीत दलहरुले सम्बिधान संशोधनको प्रस्ताव पासै हुनु पर्ने अडान राख्दै आएका थिए । अहिले एकाएक आफनो अडानबाट मधेश केन्द्रीत दलहरुकोवीचमा एकता भएर बनेको राजपा पछाडि हटेको छ । 
सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान निर्णयकालागि पेश गरिने छ ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ ।  राजपाका नेताहरुले संशोधन प्रस्ताव पास हुने कुटनैतिक प्रतिक्रिया दिन थालेका छन । राजपा नेता शरत सिंह भण्डारीले प्रस्ताव पास हुने बताएका छन । सम्बिधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत भएपनि संशोधनको पक्षमा दुई तिहाई पुग्ने सम्भावना देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

राजपा नेता भण्डारीले पनि त्यो स्वीकार गरे । ‘प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन  उनले भने, ‘यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.