logo

पर्सा ४ मा उर्मिला बिरुद्ध माओवादी केन्द्र भित्रै बगावत

      11/1/2017 गते 00 00 मा प्रकाशित     1536   पटक पढिएको

कार्तिक १५ बीरगंज
बाम गठबन्धनको तर्फबाट पर्साको निर्वाचन क्षेत्र नं २ र ४ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । पार्टीले २ मा मोसालीम मिया र ४ मा उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ । पर्सा क्षेत्र नं ४ बामगठबन्धनकोलागि सुविधाजनक क्षेत्र हो तर नेकपा माओवादी केन्द्रमा रहेको आन्तरिक द्वण्द्वका कारण सबैभन्दा असुरक्षीत क्षेत्र त्यही बन्न पुगेको छ ।  स्थानीय तहका प्रमुखहरुले पाएको मतको आधारमा बिशलेषण गर्ने हो भने पनि बाम गठबन्धन मजबुत देखिन्छ । नेकपा माओवादी केन्द्रले ४ नम्बर क्षेत्रमा १० हजार ५ सय ३३ मत पाएको छ । नेकपा एमालेले ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ । दुबैको मत मिलाउदा  १९ हजार ७ सय ८५ हुन्छ । संघीय समाजवादी फोरम नेपालले १० हजार ८ सय ५५ मत प्राप्त गरेको छ भने राजपाले ३ हजार ३ सय १७ मत पाएको छ दुबैको मत जोडदा १४ हजार १ सय ७२ हुन्छ । नेपाली कांग्रेस चार स्थानमा पराजीत भएपछिन भोट सबै भन्दा बढी १३ हजार १ सय २३ मत पाएको छ । नेपाली कांग्रेस र मधेश केन्द्रीत दल राजपा फोरमवीच तालमेल वा गठबन्धन भयो भने क्षेत्र नं ४ यो पक्ष २७ हजार २ सय ९५ मतका साथ अगाडि रहन्छ । लोकतान्त्रिक गठबन्धन हुन सकेन भने बाम गठबन्धनको खातामा यो क्षेत्र जान सम्भव छ  । तर बाम गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रमा रहेको समस्याले यो क्षेत्र बाम गठन्धनकालागि आत्मघाती पनि हुन सक्छ । नेकपा माओवादीको तर्फबाट स्थानीय तहका तीन स्थानमा निर्वाचित प्रमुखहरुले पार्टी नेतृत्वलाई पत्र लेखेर उर्मिला अर्याललाई उम्मेदवार नवनाउन माग गरेका छन । उनीहरुले पार्टी नेतृत्वलाई पत्र लेखेर उर्मिला अर्याललाई उम्मेदवार बनाए चुनाव हार्ने निश्चित रहेको दावी गरेका छन । उनीहरुले यति मात्र उल्लेख गरेका छैनन । आफूहरुले असहयोग गर्ने समेत बताएका छन । पार्टी नेताहरु पि.एल श्रेष्ठ , जालिम मिया मनोज गुप्ता  ,शेख चाँद तारा लगायतका नेताहरुले सो पत्रमा हस्ताक्षर गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.