logo

दूई कुर्मी नेताले राजपा परित्याग गरे 

      11/3/2017 गते 00 00 मा प्रकाशित     1644   पटक पढिएको


वीरगंज,१७ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कर्मी र महासचिव शिव पटेलले आज पार्टी परित्याग गरेका छन । पार्टीले बिचारधाराका आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेको आरोप लगाउदै दुवै नेताले पार्टी त्यागको घोषणा गरेका हुन ।

उपाध्यक्ष कुर्मी र महासचिव पटेलले स्थानिय तहदेखि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि टिकट वितरणमा असन्तुष्टि जनाउर्दै पार्टी परित्याग गरेका हुन। आन्दोलन र पार्टीको हितमा काम गरेकाहरुको पक्षमा न्याय गर्न नसक्ने पार्टीले सामाजिक न्याय गर्न नसक्ने भएकोले पार्टी परित्याग गरेको बताएका नेताहरुले मधेशवादको पक्षमा आफूहरु क्रियाशील भइरहने बताएका छन ।

राजपाका बरिष्ठ उपाध्यक्ष समेत रहेका कुर्मीले राजपाले पार्टीका पुराना र ईमान्दार नेता,कार्यकर्तालाई टिकट वितरण नगरेर पार्टीलाई जिल्लाबाट समाप्त गर्ने कार्य गरेकोले आफुले नैतिकताको आधारमा राजिनामा बताए।

नेता कुर्मी र महासचिव पटेलले  अव स्वतन्त्र रुपमा मधेश र मधेशीको हक अधिकारको लागि काम गर्ने  बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.