logo

फोरमको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा

      11/3/2017 गते 00 00 मा प्रकाशित     1375   पटक पढिएको

वीरगंज,१७ कार्तिक 
केही दिन अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा गएको छ । बीरगंज महानगरको बरिष्ठ अधिकृतबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भू गुप्ताले फोरम परित्याग गरि एमालेमा प्रवेश गरेपछि  कार्यालय पनि एमालेको पोल्टामा पुगेको हो । निर्वाचन परिचालन कार्यालय शम्भू गुप्ताकै पहलमा खोलिएको थियो । त्यही स्थानमा आज बाम गठबन्धनले आफ्नो निर्वाचन परिचालन कार्यालय संचालनमा ल्याएको हो । बाम गठबन्धन पर्सा क्षेत्र नं.१ को निर्वाचन परिचालन कार्यलयको आज उद्घाटन गरिएको छ । वीरगंजको घण्टाघर नजिक मुख्य सडकसंगै जोडिएको कार्यालयको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले   उर्मिला अर्यालले संयुक्त रुपमा रुपमा उद्धघाटन गरेका हुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं . १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं .१ र २ को निर्वाचन सम्बन्धि सम्पुर्ण काम यहि कार्यलयबाट गर्ने योजनाका साथ कार्यालय खोलिएको प्रदेश सभा २ का उम्मेदवार शम्भु गुप्ताले जानकारी दिए । सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव, १ को प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारी, २ का प्रदेश सभा सदस्य शम्भु गुप्ता,  एमाले पर्साका संयोजक प्रभु हजार, डा. बिश्वम्भर शर्मा ,पुरेन्द्रकिशोर लाभ एमालेका युवा नेता अरबिन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,किसोरी कुशवाहा, रामकिसोर सिंह पराग, अनिल पटेल पत्रकार केसी लामिछाने, निरज पिठाकोठे लगायतको उपस्थिती रहेको थियो । एमाले नेता प्रभु हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वीरगंज जेसीसका पुर्व अध्यक्ष राजेश पटेलले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.