logo

कमिसनखोर र गुण्डागर्दीको अन्त्यका लागी मेरो उम्मेदवारी - यादव

      11/6/2017 गते 00 00 मा प्रकाशित     1195   पटक पढिएको

बीरगंज २० कार्तिक ।
नेपाल संघिय समाजवादी पाटिले आज पर्साको क्षेत्र नम्बर ४ भिषूवामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका तर्फबाट क्षेत्र नम्बर ४ को प्रदेश सभा “ख ”को उम्मेदवार मोहम्मद नरसुल्लाह मियाले ग्रामिण क्षेत्रका दलित उत्पीडित जनताको अधिकारका लागी आफुले उम्मेदवारी  दिएको बताए  । पार्टीका केन्द्रिय सदस्य एवं कालिका माई गाउपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका क्षेत्रीय संयोजक विरेन्द्र यादव,  धु्रव साह गोढ, पप्पु खान, सफल्लाह मिया लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

 

यसैगरी नेपाल सघिय समाजवादी पाटिले  क्षेत्र नम्बर ३ को सखुवा प्रसौनीमा प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । फरियाद अहम्मदको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्र्दै पाटिका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले भ्रष्टचार, कमिसन खोर र गुण्डा गर्दीको अन्त्यका लागी यस क्षेत्रमा आफुले उम्मेदवारी दिएको बताए  ।

 

उहाले विकास निर्माणमा भइरहेको अनियममिता र ढिलासुस्तीलाई अन्त्य गर्न भण्डाफोर अभियान चलाइने दावी समेत गरे  । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार श्री भगवान गीरीको समेत सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.