logo

एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट 

      11/8/2017 गते 00 00 मा प्रकाशित     1423   पटक पढिएको

कात्तिक २२ गते । “एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट” भन्ने नाराका साथमा नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले एक नयाँ किसिमले आज देखि जनताको बिचमा चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको सुरुवात गरेका छन । आज पर्साको सखुवा प्रसौनी गाँउपालिकाको सखुई जमुनियामा भएको घर दैलो कार्यक्रमको क्रममा सो स्थानका जनताले रु एक रुपैया उपाध्यक्ष राज कुमार यादवलाई दिएर एक नँया किसिमले भोट दिने प्रतिबद्धता  व्यक्त गरेका छन । स्थानिय जनताले आफुहरुलाई एक रुपैया दिदै मतदान गर्ने प्रतिबद्धता गरेपछि यादवले जनताले आफुलाई रु एक रुपैया दिएर ऋणी बनाएको बताएका थिए । नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादव जनतामा बिच लोक प्रिय नेता हुन । उनलाई घर दैलो कार्यक्रमको क्रममा स्थानियहरुले फुलमाला सहित स्वागत गरेका थिए । उनि पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार हुन । सो घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ क बाट प्रदेश सभाका उम्मेदवार श्री भगवान गिरीको पनि सहभागिता थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.