बारा,२२ कातिक ।
नेकपा एमाले प्रदेस सभा ४(ख)को बिष्तारीत बैठक आज इटियाही बजारमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गदै एमाले केन्द्रिय सदस्य दिनेस राईले बामगठबन्धन दुइतिहाइ बहुमतको नजिक रहेको दाबि गर्नु भयो । उहाले सबै कार्यकर्ता एकजुट भएर अधिबढन निर्देशन दिनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदै एमाले बाराका उपाअध्यक्ष एवम प्रतिनिधी सभाका सदस्यका उम्मेदबार देबनारायण चौधरीले बारा जिल्लाको बिकासका लागि एमालेलाई बिजय गराउन आग्रह समेत गरे । उनले आफु जनताको जाहना र भावना अनुसार अघि बढने बताए । प्रदेस क्षेत्रीय संयोजक धर्मदेब यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय निर्वाचन बिभाग सदस्य महम्मद रफिक हवाारी,एमाले बाराका प्रचार बिभाग एवंम प्रतिनिधि सभा क्षेत्रीय संयोजक मनोज पौडेल,जिल्ला सचिवालय सदस्य अमर यादब,बिध्या थापा,शेषनाथ कुसवाहा,बिरेन्द्र यादब,मालती कुसवाहा,राम क्षेत्री पटेल,बिश्वनाथ यादब, बिरेन्द्र यादब बिश्वनाथ यादब र बिरेन्द्र साह लगायतले बोल्नु भएको थियो । बैठकले बाम गठबन्धनको स्वागत गरेको छ साथै संयुक्त प्रचार अभियानलाई अधिबढाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया