logo

ठेकदार उम्मेदवारबाट देशको बिकास हुदैन: पूर्व सासद गुप्ता

      11/9/2017 गते 00 00 मा प्रकाशित     1685   पटक पढिएको

वीरगंज, कार्तिक २३ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं ३ को आयोजनामा  आज पोखरीया नगरपालिकाम अगुवा कार्यकर्ता भेला तथा चुनाव परिचालन समिती गठन  गरिएको छ । प्रदेश सभा सदस्य एवं पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रजातन्त्र आए देखि सवभन्दा बढी शासन नेपाली काँग्रेसले गरेको  भएपनि सम्झने लायक कुनै पनि बिकासको काम नगरेको बताए ।

नेता गुप्ताले एमाले नै सच्चा मधेस प्रेमी पार्टी भएको बताए । उनले तराईको २० जिल्लामा जनता अवास कार्यक्रम मार्फत २० हजार घर निर्माण देखि वृद्धा भता वृद्धि लगायत ,सिमा बिकास कार्यक्रम लगायत सवै योजना बामपन्थी सरकारले गरेको चर्चा गरेका थिए । उनले डेढ बर्ष पहिला उद्घाटन भएको तिलावे पुल अझ नबन्नु ठेकेदारको लापरहवी भएको र त्यही ठेकेदार जनताको माझ मत माग्न आएको भन्दै त्यस्ता ठेकेदारलाई तह लगाउन जनतालाई आग्रह गरे ।

उनले ठेकेदार उम्मेदवारबाट  देशको बिकास नहुने ठोकुवा गरे । सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छोटेलाल यादव, पर्सा जिल्ला संयोजक प्रभु हजरा ,युवा नेता यशवन्त यादव, संजिव मिश्रा, महम्द निजाम ,  किसोरी कुशवाहा, योगानन्द चौहान, प्रदुमन चौहान,  शिव शंकर यादव, प्रमोद कुशवाहा, लक्ष्मण चौरसिया, मोहन यादव, बलिराम साह रामबाबु बैठा लगायतको उपस्थिती रहेको थियो । यसैबिच भेलाले क्षेत्र नं. ३ मा चुनाव परिचालनका लागि दुबै पार्टीका नेता सम्मिलीत समिती गठन गरेको छ ।

पोखरीयामा अयोजित भेलाले प्रद्युम्म चौहान को संयोजकतत्व क्षेत्रिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ  । समितीको  सहसंयोजक माओवादी केन्द्रका रामबाबु बैठा लगायत नेताहरु रहेका छन । त्यसैगरी पकाहा मैनपुर गाँउपालिकामा  संजय चौहानको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यसैगरीबिन्दवासनी गाँउपलिकामा लक्ष्मण चौरसियाको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरिएको छ भने बहुदरा माई नगरपालिकामा प्रमोद कुशवाहाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

समितीको  सह संयोजक शिव शंकर यादव रहेका छन । त्यसैगरी पोखरीया नगरपालिकमा  दिनेश चौहान संयोजकमा निर्वाचन परिचालन  समिती गठन गरिएको छ । समितीको  सह संयोजक कौशल किशोर साह लगायतका नेताहरु रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.