logo

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 

      11/12/2017 गते 00 00 मा प्रकाशित     1242   पटक पढिएको

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 
वीरगन्ज, २६ कार्तिक । एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेण्टर नेपाल पर्साको संयुक्त बैठक आईतबार सम्पन्न भएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेशसभा १ र २ को पार्टी परिचालन कार्यालयमा सम्पन्न भेलाले आगामी निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई जिताउन रणनीतिक छलफल गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

     नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रकृया शुरु भएपछि विभिन्न जिल्लामा दुवैपार्टीका भातृ संगठनहरुबीचमा पनि संयुक्त बैठक र कार्यक्रमहरु गर्न थालिएको र सोही अनुसार नै आईतबार संयुक्त भेलाको आयोजना गरेको हो ।

     प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पर्साको निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ का उम्मेदवार नागेन्द्र चौधरीले बामगठबन्धनबाट आत्तिएका विपक्षीहरुले थरीथरीका षड्यन्त्रहरु गर्न थालेको बताउदै यसका लागि प्रेस चौतारी र प्रेस सेण्टरले भूमिका खेल्नुपर्ने बताए ।

     उनले बामगठबन्धनका विरुद्धमा विभिन्न झुठा समाचारहरु लेखेर प्रहार गर्न थालेकोले गठबन्धनका सही गतविधिहरुलाई जनतामाझ पु¥याउन संचारकर्मीहरुसँग आग्रह गरे । देशको राजनीतिक स्थिरता र समृद्धिको उद्देश्य लिएर अगाडि बढेको बामगठबन्धनको देशभर जित सुनिश्चित देखेर नै विपक्षीहरु आत्तिएर चरित्र हत्या समेत गर्न थालेको बताए ।
       
 आपूm जिम्मेवारीको हैसियतमा हुँदा पनि पार्टी निकटका संचारकर्मीहरुलाई केही गर्न नसक्नु आफ्नो कमजोरी भएको स्वीकार गर्दै नेतृत्वलाई पनि दबाबमुलक ध्यानाकर्षणहरु नभएको बताए ।

  कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरि मण्डल, नेकपा एमाले प्रचार विभागका केन्द्रीय सदस्य अरविन्द सिंह, पर्साका संयोजक प्रभु हजरा, प्रेस चौतारीका महेस दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शम्भु गुप्ता, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

भेलामा नेकपा एमालेका २ नम्बर प्रदेश सदस्य बालगोपाल थापा, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन समितिका सदस्य केसी लामिछाने, प्रेस सेण्टर नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष दीपक गौतम, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल लगायत प्रेस चौतारी र प्रेस सेण्टर नेपालका सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रेस चौतारी नेपाल पर्साका सचिव सञ्जिव मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगरले गरेका थिए ।
   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.