बीरगंज २७ कार्ति ।पर्साको चुनाव क्षेत्र नं ४ को प्रदेश सभा “क”का नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका सुजित कुमार बस्नेतलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ ।
पार्टीका पर्सा संयोजक बिजय महतोले आइतवार एक बिज्ञप्ति जारी गरि बस्नेतलाई कारवाही गरिएको जनाएका छन । स्वतन्त्र उम्मेदवारी दिएका बस्नेतलाई उम्मेदवारी फिर्ता लिन पार्टीको तर्फबाट बारम्बार भनिएपनि उनी सम्पर्कमा नआएकोले पार्टीले उनलाई निष्काशन गरेको हो । बस्नेतको उम्मेदवारीले पर्सा क्षेत्र नं ४ मा बामगठबन्धनमा समस्या आएको थियो । बस्नेतलाई गरिएको कारवाहीले दुबै पार्टीका कार्यकर्ताहरु रहेको अन्यौल समाप्त भएको नेकपा माओवादी केन्द्रका पर्सा संयोजक बिजय महतोले बताए । बस्नेत नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला कमिटीको सदस्य थिए । यो कारवाही संगै उनी पदमुक्त पनि भएका छन ।
तपाईको प्रतिक्रिया