कार्तिक २८ पोखरिया । नेपाल संघीय समाजवादी पार्टीको तर्फ बाट पर्सा क्षेत्र् न ३ बाट प्रतिनिधि सभाका उमेद्वार बनेका पार्टीका उपाध्य्क्ष राजकुमार यादव लाई मंगलवार घर दैलो कार्यक्रममा पर्सा क्षेत्र् न .३ को बहुदरामाइ नगर पालिकामा जनताले भब्य स्वागत गरेका छन् ।
उनले जनता बाट पाएको मायाले आफू जनताको ऋणी बनेको बताए । प्रतिद्वंदी उमेद्वारका कारण पर्सामा सामाजिक , सांस्कृतिक , र आर्थिक रुपमा पर्सा जिल्लाको क्षेत्र न. ३ धेरै पछी परेको भन्दै उनले पर्साका जनताले आफु माथि ठुलो विश्वास गरेको बताए ।
उनले दिन प्रतिदिन जनताले आफुलाई दिएको मायाले आफू उत्साहित भएको बताए । पर्सा क्षेत्र न. ३ का जनता नया खाले उमेद्वारको खोजीमा रहेको उनले बताए ।
जनताको आवश्यकता पुरा गर्न जस्तो सुकै संघर्ष गर्नु परे पनि आफू पछि नपर्ने उनले बताए । क्षेत्रका जनताको विश्वास र भरोसा कहिले न तोड्ने प्रतिबधता व्यक्त गरे । पर्सा क्षेत्र न . ३ क बाट प्रदेश सभाका उमेद्वार बनेका शंकर राउतलाई पनि जनताले स्वागत गरेका थिए ।
बहुदरा माइ नगरपालिका अन्तर्गत वाड न ७ को फुलकौल टोल , भौराटार , वाड न . १ को पिपरा , हरिनगर , विश्रामपुर , वाड न ९ को मौजे टोलमा आज घर दैलो कार्यक्रम सम्पन भएको हो ।
तपाईको प्रतिक्रिया