वीरगंज,२८ कार्तिक ।
वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन प्रध्यापकहरुले अपिल गरेका छन । मुलुकमा अवको लडाई आर्थिक समृद्धी प्राप्तीको लडाई मात्र बाँकी रहेकोले उनीहरुले यस्तो अपिल गरेका हुन । उनीहरुले वामगठबन्धन नेपालको सम्बैधानिक ब्यवस्थाको पक्षपाती भएकोले अतिवादका जुन आरोप लगाइएको छ त्यो हरुवा मानसिकतको उपज भएको बताएका छन ।
सन्तुलीत परराष्ट्रनीति ,मुलुकमा रोजगारीकोृ सृजना र आधुनिक बिकासकालागि वागठबन्धनको घोषणा पत्रले प्रष्ट र तथ्याका आधारमा बोलेको उनीहरुले बताए । बुद्धिजीवीहरुले क्षणीक स्वार्थकोलागि ढाँट कुरा गर्न नहुने भन्दै जनतालाई रंग फेरेर आउनेहरुसंग सचेत रहन समेत अपिल गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यकालागि पर्सा क्षेत्र नं १ का वामगठबन्धनका उम्मेदवार बिचारी यादव क्षेत्र नं २ का मो। सालीम मन्सुर ,प्रदेशसभा “क”को उम्मेदवार रहवर अन्सारी र “ख” का उम्मेदवार शम्भु गुप्ताले आफना प्रतिवद्धताहरु ब्यक्त गरेका थिए ।
कार्यक्रममा वालगोपाल थापा,प्राध्यापक बीरेन्द्र साह ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ चौरसिया नेकपा एमालेका संयोजक प्रभूहजरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया