Thursday, 3 July 2025, 11:32:13 am

पकाहामैनपुरमा बामगठबन्धनको निर्वाचन परिचालन गठन

      11/16/2017 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

 वीरगन्ज, ३० कार्तिक । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिकामा निर्वाचन मूल परिचालन कमिटि गठन गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजकुमार गुप्ता र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार छोटेलाल यादवको उपस्थितिमा एमालेका स्थानीय नेता प्रभु पटेल संयोजक र माओवादीका दिनानाथ चौहान सहसंयोजक रहने गरी २९ सदस्यीय निर्वाचन मूल परिचालन कमिटि गठन गरेको हो ।

परिचालन समितिका सदस्यहरुमा सञ्जय चौहान, विनोद प्रसाद कानु, मदन पासवान, सुरेश मेहेता, अम्बिका सहनी, विनोद मेहेता, उपेन्द्र सहनी, विकास पाण्डे, रविन्द्र दास, गया चौहान, नन्दु राम, सकिना खातुन, कोशिलादेवी राम लगायत रहेका छन् ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन कमिटिका संयोजक प्रद्युमन चौहान, सहसंयोजक रामबाबु बैठा, नेता बलिराम साह, पूर्व राज्यमन्त्री मेघराज निषाद लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु