logo

प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको शोकमा घरदैलो कार्यक्रम स्थगित 

      11/18/2017 गते 00 00 मा प्रकाशित     1242   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ ।

दाहालका ३६ बर्षीय छोरा प्रकाश दाहालको हृदयघातका कारण आईतबार बिहान ५ बजेर ३८ मिनेटमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रकाशलाई उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको आईतबार बिहान निधन भएको बताईएको छ ।

माओवादी जनयुद्धकालदेखि नै बाबु प्रचण्डसँगै राजनीतिक यात्रा गरेका प्रकाशको अल्पआयुमै भएको असमायिक निधनले पार्टीलाई पनि अपुरणीय क्षति पु¥याएको छ । उनको पार्थिव शरिरलाई अहिले अस्पतालमा नै राखिएको र अस्पतालले परिवारलाई शव बुझाएपछि पार्टी कार्यालय पेरिस डाँडा लाने तयारी रहेको जनाएको छ ।

यसैबीच प्रकाशको निधनको खबरले देशभरका बामगठबन्धनको चुनावी प्रचार प्रसारको कार्यक्रम पनि प्रभावित भएको छ । आईतबार बिहानै भएको प्रचण्ड पुत्र प्रकाशको निधनको शोकमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम स्थगित गरिएको निर्वाचन परिचालन कार्यालयका प्रभाकर गुप्ताले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार रहबर अन्सारीले पनि आफ्नो सबै प्रचार प्रसार र घरदैलो कार्यक्र स्थगित गरेको जनाएका छन् । प्रकाश दाहालको दुखद निधनको खबरले अत्यन्त मर्माहित भएको र आईतबारका लागि तय गरिएको निर्वाचन क्षेत्रको उत्तरीभागको घरदैलो स्थगित गरिएको अन्सारीले बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.