बीरगंज ८ मंसिर ।
दोश्रो चरणको मतदान हुन १३ दिन वाँकी रहदा दलहरुले आचार सहिता उल्लंघनको क्रमलाई पनि तिब्र बनाएका छन । राजनीतिक दलहरुले उल्लंघन गर्दैनौ भनी बनाएको आचार संहिता उल्लघंन गर्दा समेत सरोकारवाला निकायले केही गरेको छैन ।
निावर्चन आयोगले बनाएको अचार संहितामा ७५ ग्राम सम्मको कागजमा ३०० वर्ग इन्च सम्मको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा बनाउन पाउने भनेको छ । तर दलहरुले आचार संहितको उल्लंघन गर्दै रंगीन र आकर्षका पोष्टहरु बनाएका छन । पर्सामा सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालका क्षेत्र नं ३ का उम्मेदवार हरिनारायण रौनीयारले रंगीन पोष्टर टाँस्न शुरु गरेका हुन । रंगीन पोष्टर टाँस्न रोक नलागे पछि अरु उम्मेदवारले पनि पोष्टर बनाएका छन ।
रंगीन पोष्टर बनाउनेहरुमा फोरम नेपालको पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीय यादव,प्रदेश सभाका १ को “क”का जन्नत अन्सारी, चुनाव क्षेत्र नं ३ को. “ख” का प्रहलाद गिरी,“क” का मन्जुर अन्सारी वामगठबन्धनका छोटेलाल यादव चुनाव क्षेत्र नं १ मा वामगठबन्धनका उम्मेदवार बिचारी यादव ,रहवर अन्सारीले पनि रंगीन पोष्टर बनाएर आचार सहिता उल्लंघन गरेका छन । त्यसैगरि लाउडस्पिकरको प्रयोगमा रोक लगाएको भएपनि सबै जसो दलका उम्मेदवारहरुले चार पाङ्ग्रे सवारी साधानमा बिधुत आपूर्तीकालागि जेनरेटर समेत राखेर गाउँ गाउँमा लाउडस्पिकर राखेर प्रचार गरेका छन ।
ठुला दलका उम्मेदवारहरुले जे गर्दा पनि हुने देखिएको नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले बताए । ठुला दलले ज गर्दछन कार्यकर्ताहरुले हाम्रो पनि त्यस्तै गर्नु प¥यो भन्छन उनले भने आचार संहिता पालना गराउने निकाय पनि चिरनिन्द्रमा भएपछि कसको के लाग्दो रहेछ ” । सार्वजनीक स्थलहरुमा समेत दलका झण्डा र ब्यानर छ्याप्छ्याप्ती भएपनि निर्वाचन अधिकृतको कार्यालयको ध्यान गएको छैन ।
आचार संहिता उल्लंघनका घटनाहरुको बिषयमा जानकारी रहेको पर्सा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस बिषयमा दलका प्रतिनिधिहरुलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया