वीरगन्ज, ८ मंसिर । नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार वीरगन्जमा सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री समेत रहेका ढकालले नेपालमा राष्ट्रियता कमजोर हुदै गएकोले राष्ट्रियता बलियो बनाउन बाम गठबन्धन भएको र त्यसमा परिवार दल पनि सहभागी भएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यकर्ता भेलामा उनले नेपाल परिवार दल सबै राजनीतिक दल र तीनका नेताहरुसँग सामान सम्बन्ध रहेको भएपनि देशमा राष्ट्रियताको सवालमा बामगठबन्धन नै सही भएकोले त्यसलाई नै समर्थन गरेको बताए ।
उनले कम्युनिष्ट पार्टीहरुसँग परिवारदलको पार्टी एकता नभई देश विकासको लागि अबको पाँचबर्षे सम्म साथ दिने पनि बताए । आफ्नो पार्टीलाई समानुपातिकमा सिट दिएकोले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई खुलेर सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
समानुपातिकमा पनि बढीभन्दा बढी मत ल्याउनका लागि बामगठबन्धनका सबै उम्मेदवारहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पल्टन कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु केन्द्रीय प्रवत्ता संतोष कुमार पौडेल, अब्दुल कयुम, रामचन्द्र चौधरी, संतोष दास तथा प्रदेश नम्बर २ का ८ वटा जिल्लाका नेता कार्यकर्ताहरुको
सहभागिता रहेको नेपाल परिवार दल मकवानपुरका सचिव एवं प्रवत्ता हरि लोप्चनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया