logo

सबैको हित हुने खालको नीति निर्माण गर्न बाम गठबन्धनको सरकार आवश्यकः गुप्ता

      11/25/2017 गते 00 00 मा प्रकाशित     1294   पटक पढिएको

बीरगंज ९ मंसीर÷ पेशगत महासंघ र कर्मचारी संगठनको संयुक्त भेला शनिवार बीरगंज जेसिजको भवनमा सम्पन्न भएको छ । भेलामा पर्साको चुनाव क्षेत्र नं १ को “ख”मा एमालेका प्रदेश सभा सदस्यका उम्मेदवारका शम्भु गुप्ताले जनमैत्री ऐन नियम बनाउनकालागि आफनो उम्मेदवारी भएको बताए ।

 

उनले नीतिगत रुपमा कर्मचारी ऐन नियममा भएका कमी कमजोरी हटाएर सबैको हित हुने खालको नीति निर्माण गर्न बाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने धारणा ब्यक्त गरे । उनले जबजब एमालेको नेतृत्वमा सरकार बन्छ तबतब कर्मचारीको तलब बढ्ने गरेको दृष्टान्त राख्दै यस पटक बाम गठबन्धको बहुमतको सरकार बनाउन  र आफुहरुलाई निर्बाचित गराउन आग्ह गरे । कर्मचारीको बर्तमान तलबमानमा  बृद्धि गर्ने धारणा समेत राखे  ।

 

कार्यक्रममा एमालेका नेताहरु बालगोपाल थापा, अरबिन्द सिँह, सन्तोष सिँह, सुदिप लामा, नौतम पोखरेल, सुबेदार यादब, बाबुराम कौशिक, के सी लामिछाने लगायतले आ—आफ्नो धारणा राखेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.