logo

सोलकपुरमा बामगबन्धनका उम्मेदवार यादव र अन्सारीको स्वागत 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

वीरगन्ज, ९ मंसिर । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा बामगठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बामगठबन्धनका वडा संयोजक जुमाद्दिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन १ को ‘क’ का उम्मेदवार रहबर अन्सारी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं समानुपातिक उम्मेदवार हरि मण्डल, समानुपातिक उम्मेदवार पस्मिना पादरी  वडा नम्बर ३२ का निर्वाचित वडा अध्यक्ष रियाज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नम्बर ३१ सोलकपुरमा पनि बामगठबन्धनको चुनावीसभा भएको छ । नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का संयोजक नन्दकिशोर पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार यादव, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ का उम्मेदवार अन्सारी लगायतलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए ।

त्यस्तै वेल्वामा पनि बामगठबन्धनको घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ । वडा नम्बर २० मा पनि बामगठबन्धनले घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुवैर आलमले जानकारी दिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.