logo

नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाको गाडीमा वम प्रहार, एमाले पार्टी कार्यालय रामगढवामा वेवारिसे वम फेला 

      11/27/2017 गते 00 00 मा प्रकाशित     1171   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिसिभा सदस्यका उम्मेदवार रहेका अजय चौरसियाको गाडीमा वम प्रहार भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १९ विन्दवासिनी वरवामा भएको कार्यक्रमका लागि गएका चौरसियाको रोकी राखेको ना ११ च ३४९८ नम्बरको गाडीमा अज्ञात समूहले वम प्रहार गरेका हुन् ।

वम प्रहारबाट गाडीको अगाडिको टायरमा क्षति भएको छ । भौतिक क्षति बाहेक अन्य मानवीय क्षति नभएको बताईएको छ । थप विवरण आउन बाँकी रहेको छ । तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सन्तु जयसवारले भने केही चिज पड्किएको आवाज आएको वम नै हो भनेर यकिन गर्न सकिने अवस्था चाँहि नरहेको बताएका छन् ।

त्यस्तै नेकपा एमालेको पार्टी कार्यालयमा पनि वम फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मनमोहन नगर रामगढामा रहेको एमाले पार्टी कार्यालयको वरण्डामा कुर्सीमाथि बम फेला परेको हो ।

वम भएको हल्ला भएपछि वरिपरीका स्थानीयहरु त्रसित भएका छन् । वम निष्क्रिय पार्न सुरक्षाकर्मीहरुको टोली अहिले घटनास्थलमा पुगिसकेका छन् । वम डिस्पोजल टोलीले वम निष्क्रिय तयारी गरिरहेका छन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.