कलैया २४ मंसिर ।बाराको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा “क”मा नेकपा एमालेले बिजय हासिल गरेको छ ।
सो क्षेत्रबाट नेकपा एमालेका नेता त्रिलोकी चौधरी १८ हजार ४ सय ४५ मत प्राप्त गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वण्द्वी नेपाली कांग्रेसका पेमा सिद्धी लामाले १६ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।
बाराको ४ निर्वाचन क्षेत्रको प्रदेश सभा “क”मा तीनवटामा वामगठबन्धनले जित निकालेको छ भने निर्वाचन क्षेत्र नं २ को “क”मा संघीय समाजवादी फोरमले जीत हात पारेको छ ।
तपाईको प्रतिक्रिया