कलैया २४ मंसिर ।बाराको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा मधेशी गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका महाचसचिव राम सहाय यादव बिजयी भएका छन ।
उनले २८ हजार १ सय ८५ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वण्द्वी नेपाली कांग्रेसका राधेचन्द्र यादवले१५ हजार ७ सय ४१ मत प्राप्त गरेका छन । बाराको क्षेत्र नम्बर २ मा निर्वाचित फोरमका महासचिव रामसहाय यादव पुर्व शिक्षक हुन ।
१६ वर्षको लामो शिक्षण पेशा त्यागेर यादव ०६४ मा राजनीतिमा होमिएका हुन । २०६४ सालदेखि यादव ले फोरम महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन । सामान्य परिवारमा जन्मिएका यादव पहिलो संविधानसभामा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बन्नु भएका थिए ।
उनी यसपटक दुई जना पूर्व सासदलाई हराउदै बिजयी भएका हुन।
तपाईको प्रतिक्रिया