logo

पर्सामा फोरम–राजपा गठबन्धनको बर्चस्व, प्रदेशसभामा २ क्षेत्रले कांग्रेसको इज्जत जोगायो

      12/11/2017 गते 00 00 मा प्रकाशित     1575   पटक पढिएको

वीरगन्ज, २५ मंसिर । पर्साको प्रतिनिधिसभा निर्वाचनको चारवटै क्षेत्र संघीय समाजवादी फोरम र राजपा गठबन्धनले जितेको छ ।

प्रतिनिधिसभाको चार र प्रदेशसभाको ८ वटा क्षेत्र रहेको पर्सा क्षेत्र नम्बर– १, २ र ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका हुन् ।

२०६४ भन्दा अघिको निर्वाचनमा कांग्रेस पकड रहेको पर्सामा ०६४ को संविधानसभा निर्वाचनमा १ मा मधेसी जनअधिकार फोरमकी करिमा वेगमले जितेकी थिइन् । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा १ र ३ मा कांग्रेस र २, ४, ५ नम्बर क्षेत्रमा एमालेले कब्जा गरेको थियो ।

चारवटा निर्वाचन क्षेत्र बनाईएको पर्सामा यसपटक चारवटै क्षेत्र फोरम राजपाले हत्याएको छ । पर्सा क्षेत्र नं १, २ र ३ मा फोरम नेपाल र पर्सा क्षेत्र नं ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा फोरम नेपाल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव २१ हजार १ सय ३२ मत प्राप्त गरि बिजयी भएका छन् । उनले आफना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मत अन्तरले पराजित गरेका हुन् । रुंगटाले १६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले ५ हजार ४ सय ८१ मत मात्र ल्याएकका छन् । त्यस्तै क्षेत्र नम्बर–२ मा फोरम नेपालका विमल श्रीवास्तव विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी अजय चौरसिया भन्दा १ हजार ४ सय ६५ मत बढी ल्याएर विजयी भएका हुन् । फोरम नेपालका श्रीवास्तवले २० हजार १ सय ६९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अजय कुमार चौरसियाले १९ हजार सातसय ४ मत प्राप्त गरे ।

यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट गरि चार पटकसम्म वीरगञ्जको मेयर भईसकेका छन् । स्थानीय तहको निर्वाचनमा राजपाबाट मेयरको टिकट नपाएपछि विजय गच्छादारको लोकतान्त्रिक फोरमबाट मेयरमा लडेका थिए ।

उनी अहिले आफैले जितेको पार्टी संघीय समाजवादी फोरम नेपालका विजय सरावगीसँग मेयरमा पराजित भएका थिए । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा फोरम नेपालकै हरि नारायण रौनियार विजयी भएका छन् ।


उनले निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ३ सय ६५ मत बढी ल्याएका छन् । रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निवर्तमान संसद समेत रहेका सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याए ।

त्यस्तै निवर्तमान सांसद नै रहेका उम्मेदवार नेकपा एमालेका नेता राजकुमार गुप्ताले १० हजार नौसय ८६ मत पाए । नेपालको क वर्गको निर्माण व्यवसायी रौनियार दुईजना निवर्तमान संसदलाई पराजित गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन् ।

पर्साको क्षेत्र नम्बर–४ प्रतिनिधिसभा तर्फ राजपा नेपालका लक्ष्मणलाल कर्ण विजयी भएका छन् । कर्णले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रभावशाली नेता उम्मेदवार रमेश रिजाल भन्दा ६ हजार ३६ मत बढी ल्याएर विजयी भएका हुन् ।

नेता कर्णले २० हजार ७ सय ३८ मत ल्याँउदा नेपाली नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक समेत रहेका रिजालले १४ हजार ७ सय मत ल्याए । क्षेत्र नम्बर ४ मा बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाइन् ।

पूर्वमन्त्री समेत रहेकी माओवादी नेतृ अर्याललाई आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्दा पराजित भएकी हुन् । त्यस्तै प्रदेशसभा निर्वाचनमा फोरम राजपा र नेपाली कांग्रेसले जितेको छ । प्रदेशसभामा पनि दुईवटा क्षेत्र नेपाली कांग्रेसले जितेको छ ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा ख मा पनि फोरम राजपा गठबन्धनका उम्मेदवार प्रल्हाद गिरी विजयी भएका छन्  । गिरीले ९५ मतले नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्रलाई पराजित गरेका हुन् । गिरीको ६३४५ र क्षेत्रीको ६२५० मत आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.