logo

कर्मचारी ट्रेड युनियन पर्साका अध्यक्ष यादव पार्टीबाट निष्काशित

      12/14/2017 गते 00 00 मा प्रकाशित     1539   पटक पढिएको

वीरगंज, २८ मंसिर । नेकपा एमाले निकट निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई पार्टीबाट निष्काशन गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोल निवासी यादवलाई नेकपा एमाले वडा कमिटीले कारवाही गरेको हो ।

वीरगंज महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष लालबाबु यादवले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी हित बिपरित गतिबिधि गरेको तथा नेकपा एमालेको पार्टी पि.एम र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष जस्तो व्यक्तिले स्थानीय निवार्वचन, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीको

उम्मेदवारलाई सहयोग नगरी बिपक्षी पार्टी संघीय समाजवादी फोरम नेपालको नेताहरुलाई खुलेआम भोट मागेर सहयोग गरेकोले पार्टीबाट निस्काशन गरिएको बिज्ञप्ति मार्फत जनाएका छन् । यादवले मिति २०७४/ ८/ २६ गते बसेको बैठकले

सुवेदार यादवलाई सधारण सदस्य समेत नरहेने गरी पार्टीबाट निष्काशित गरिएको र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साको अध्यक्ष पदबाट हटाउन जिल्ल कमिटी, प्रदेश कमिटी, नेपाल निजामती कर्मचारी कार्यालय, काठमाडौं लगायतको ठाँउमा प्रक्रिया अगाडि बढाइएको बिज्ञप्ति मार्फत जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.