logo

कास्तो सरकार बन्दै छ त दुई नम्बर प्रदेशमा 

      12/16/2017 गते 00 00 मा प्रकाशित     1988   पटक पढिएको

बीरगंज १ पौष । 
प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । समानुपातीक तर्फ दुबै दलको ९/९ मिलाउदा १८ हुन्छ । सरकार बनाउन चाहिने ५४ सिट हो । मधेशी गठबन्धनसंग १ सिटको कमी देखिन्छ । प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन भने समानुपातिक तर्फबाट नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ । संघीय समाजवादी फोरमको २० र राजपाको १५ छ ।

 

एमालेको १२, कांग्रेसको ९, माओवादी केन्द्रको ७ र एक सिट स्वतन्त्रले ल्याएका छन् । फोरमले बढी सिट जितेकाले उसकै नेतृत्वमा सरकार बन्ने स्थिति छ । मुख्यमन्त्रीमा फोरमका उपाध्यक्ष लालबाबु राउत गद्दी, कोषाध्यक्ष विजय यादवका साथै राजपाका महामन्त्रीहरू मनीष सुमन र जितेन्द्र सोनलको नाम चर्चामा छ । 

मधेसी बाहुल्यको प्रदेश २ मा मधेसी गठबन्धनले बहुमत सिट जितेको छ ।  प्रदेश २ मा ४३ समानुपातिक सिट छ । १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । प्रतिनिधिसभाको निर्वाचनमा पनि कुल ३२ सिटमध्ये मधेसी गठबन्धनले १९ सिट जितेको छ ।

निर्वाचनमा पाएको जनादेशकै आधारले प्रदेश २ मा मधेसी गठबन्धनले सरकार गठन गर्ने मधेसी विश्लेषकले अनुमान गरेका छन् ।

 

प्रदेशसभा निर्वाचनमा संघीय समाजवादी फोरमले बढी सिट जितेकाले स्वाभाविक रूपमा प्रदेश सरकार पनि फोरमकै नेतृत्वमा निर्माण हुनेछ । चुनावी अभियानमा होमिँदा गठबन्धनले मुख्यमन्त्री घोषणा गरेको थिएन । मधेस सरकार निर्माणका लागि मधेसी गठबन्धनलाई भोट भन्ने नाराका साथ संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले मतदातालाई आकर्षित गरेका थिए ।

अहिले चुनावी परिणाम सार्वजनिक भएपछि यस प्रदेशको पहिलो मुख्यमन्त्री को बन्ने भन्ने चर्चा व्यापक भएको छ ।

दुवै दलबाट प्रभावशाली नेता विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी, कोषाध्यक्ष विजय यादव र राजपाबाट महामन्त्रीद्वय मनीष सुमन, जितेन्द्र सोनल लगायत प्रभावशाली नेता विजयी भएका छन् ।
सरकार बनाउन १ सिट कम रहेको मधेशी गठबन्धनले सरकार बनाइहाले पनि बलियो प्रतिपक्षको सामना गर्नु पर्ने अवस्था रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.