logo

राजपासंग तत्काल एकता सम्भव छैन - अध्यक्ष यादव 

      12/18/2017 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको

बीरगंज ३ पौष ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रीय जनता पार्टीसंग तत्काल एकता सम्भव नरहेको बताएका छन । स्पष्ट नीतिको अभाव र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने  राजपा नेताहरुको दम्भको कारण एकता तत्काललाई सम्भव नरहेको अध्यक्ष यादवले आरोप लगाए ।

 


    प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गरेका मधेश केन्द्रीत दुई दलवीच एकीकरण हुने चर्चा चलिरहेकै बेला अध्यक्ष यादवको यस्तो भनाई आएको हो । काठमाण्डौमा बिहान संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले राजपा अध्यक्षमण्डलका नेताहरुमा एकले अर्काको अस्तित्व नस्वीकार्ने दम्भ रहेको बताए । 

 


    चना चटपट घोले जस्तै एउटा पार्टीमा ६ जना अध्यक्ष रहेका छन अध्यक्ष यादवले भने“ त्यस्तो पार्टीसंग कसरी एकता गर्नु” । अर्काको अस्तित्व स्वीकार्न र नीतिगत रुपमा स्पष्ट भएर आए एकताकोलागि आफनो पार्टी तयार रेहेको अध्यक्ष यादवको भनाई छ । 


    अध्यक्ष यादवले सम्बिधान संशोधनको मुद्धालाई फेरी उठाउने बताए । मधेशी दलहरु ताजा जनादेशसहित आएकोले जनताको म्याण्डेट अनुसार सम्बिधान संशोधनकालागि पून संघर्ष गर्ने अध्यक्ष यादवको भनाई छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.