logo

पर्साको ३ मा नेपाली कांग्रेसका दिग्गज नेताहरुलाई कारवाहीको माग

      12/19/2017 गते 00 00 मा प्रकाशित     1542   पटक पढिएको

बीरगंज ४ पुष ।
नेपाली कांग्रेस पर्साको क्षेत्र नं ३ को भेलाले चुनावी हारका सन्दर्भमा समिक्षा गरेको छ । पर्साको क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी प्रतिनिधि सभा सदस्यमा र प्रदेशसभा “क”मा चन्द्रकिशोर चौधरी र “ख”मा नेता जनार्दन सिंह क्षेत्री उम्मेदवार थिए । क्षेत्री जम्मा ९५ मतको झिनो मतात्नतरले पराजीत भएका हुन । प्रदेश सभा “क” का उम्मेदवार चौधरीको मतअन्तर पनि त्यती धेरै छैन । 


    नेपाली कांग्रेसले यो भन्दा अगाडि जीत हासिल गरेको क्षेत्रमा कांग्रेसको पराजय अर्थपूर्ण रहेको छ । कांग्रेस जनमतको कमीले भन्दा पनि आफू भित्रको द्वण्द्व ब्यवस्थापन नभएका कारण हारेको ठान्नेहरु धेरै छन ।


    पर्साको क्षेत्र नं ३को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै केही नेताहरुलाई कारवाही गर्नु पर्ने तय गरेको छ । भेलाले संघीय समाजवादी फोरम नेपालबाट पर्साको क्षेत्र नं ३का प्रतिनिधि सभा सदस्यमा निवर्पाचित  हरिनारायण रौनीयारका भाई पूर्व सभासद रामेश्वर रौनीयार,धोरेका बावुलाल मेहता,निचुटाका असर्फी साह र भगवती चौधरी ,लखनपुरका मनोज यादव,कौवावन कटैयका सविर अन्सारी शम्भू चौहान लगायतका नेताले असहयोग गरेका कारण चुनाव हारेको निष्कर्ष निकाल्दै उनीहरुलाई कारवाही गर्नु पर्ने जनाएको छ । 


    पर्साको क्षेत्र नं २ र ३ मा भएको क्षेत्री समिक्षा भेलाले नेताहरुलाई करावाही गरिनु पर्ने अवाज उठाएपनि पार्टीको कुनै समितिहरुबाट यस्तो सिफारिश भएको छैन । 
    कारवाहीको सिफारिश गरिएका नेताहरुले स्वयं उम्मेदवारहरुका कारण पार्टीले पराजय भोग्नु परेको दावी गरेका छन ।

 

क्षेत्र नं ३ मा प्रदेश सभा “क”को उम्मेदवार चन्द्रकिशोर चौधरी पार्टीको सदस्य समेत नरहेको र उनको नाम समेत सिफारिश नभएको अवस्था उम्मेदवार बनाएको भन्दै पूर्व सभापति सुरेन्द्र चोधरीकै आलोचना हुने गरेको छ । 
    आन्तरिक ब्यवस्थापनमा ध्यान नदिएको कांग्रेसले अगाडि सारेको उम्मेदवारका कारण पनि असन्तोष बढेको र कार्यकर्ता पंक्ति सक्रिय नभएको एक नेताले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.